aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

पर्यटकका लागि अनिवार्य कोरोना बीमा हट्यो, क्यारेन्टिनमा बस्नु पर्ने दिन घटाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ चैत्र २०७७
पर्यटकका लागि अनिवार्य  कोरोना बीमा हट्यो, क्यारेन्टिनमा बस्नु पर्ने दिन  घटाइँदै

काठमाडौं । नेपाल आउने पर्यटकले अनिवार्य रूपमा गर्नुपर्ने व्यक्तिगत कोरोना बीमाको व्यवस्था हटेको छ । नेपाल पर्यटन बोर्डले पर्यटन मन्त्रालय, पर्यटन विभागसहितको समन्वयमा पर्यटकले गर्नुपर्ने अनिवार्य कोरोना बीमा व्यवस्थालाई हटाएको हो । जुनसुकै प्रकारको ट्राभल बीमाका आधारमा पर्यटकलाई नेपाल भित्रन दिने व्यवस्था नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले बताए ।

कोरोनायता विदेशी नागरिकले नेपालमा ट्राभल गर्न चाहेमा कम्तिमा पाँच हजार अमेरिकी डलर (करिब ५ लाख ८० हजार रुपैयाँ) को कोरोना बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो । 

पर्यटनलाई कोरोना बीमा नै गर्नुपर्ने अनिवार्य व्यवस्था हटाइएको हो,’ उनले भने ‘अब पर्यटकले स्वच्छाले ५० हजार रुपैयाँभन्दा माथिको रकमको पनि ट्राभल बीमाका आधारमा नेपाल आउन पाउँछन् । यो व्यवस्थाका लागि सम्बन्धित पर्यटकीय संघ संस्थालाई परिपत्र गरिसकेको डा.रेगमीले जानकारी दिए । ‘कोरोना बीमाको झन्झटिलो प्रावधानलाई हटाइको हो,’ उनले भने ।

अब नेपाल आउने विदेशी पर्यटकको लागि भारतीय सीमा खुला गर्ने, हालको पाँच दिने क्वारेन्टिनको व्यवस्थालाई तीन दिन कायम गर्ने र अनअराइभल भिसा दिइने भएको छ । यसको निर्णय आउँन मात्रै बाँकी रहको छ । यसको लागि सम्बन्धित निकायबाट सैद्धान्तिक स्वीकृति पाइसकिएको सीईओ रेग्मीले बताए । 

‘क्वारेन्टिन हटाउने, सीमा नाका खुला गर्ने र अनअराइल भिसा खुला गर्ने निर्णय सरकारले नै गर्नुपर्ने भएकोले एक दुई दिन भित्रमै निर्णय आउने अपेच्छा गरिएको र सोही अनुसारेको तयारी सम्बन्धित पर्यटकीय नियकाले गर्न थालिसकेको छ ।’

स्वास्थ्य सम्बन्धि प्रोटोकल संशोधन गरेर नयाँ व्यवस्था लागू गर्नुपर्ने बताइएको छ । पर्यटन मन्त्रालयले मन्त्रिपरिषदको औपचारिक निर्णय पर्खिरहेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार स्वास्थ्य सम्बन्धी प्रोटोकल संशोधन गरेर तीन दिनको क्वारेन्टिन बनाउने प्रस्ताव गएको हो । ‘पर्यटक आगमनमा सहजीकरण गर्ने गरी प्रस्ताव गरिसकेको छ,’ उनले भने ‘निर्णय नआएसम्म अहिले ठ्याक्कै यही हुन्छ भन्न सक्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस