aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

मिर्मिरे लघुवित्तको ९.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
मिर्मिरे लघुवित्तको ९.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको ९ दशमलव ६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (चैत ५) गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश पारितका लागि चैत १८ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि चैत ८ गते आइतवारदेखि बुक क्लोज गर्ने भएकाले आजै शेयर सुरक्षित गर्नु पर्नेभएको हो । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांश र साधारण सभाका लागि योग्य हुने गर्छन । 

यस वर्ष कम्पनीले ९ दशमलव २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४८ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्दैसभामा पेश गर्दैछ । कम्पनीले यस अघिको लाभांश प्रस्तावलाई संशोधन गरेको हो । १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा वित्तीय विवरण सुधार गरी पुनः पेश गर्न निर्देशन भएकाले लाभांश संशोधन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ६१ लाख ४६ हजार रहेको छ । सोही आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको प्रतिवेदन पारित गर्नेछ भने स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने क्रममा स्वेडा लघुवित्तको तत्कालिन शेयरधनीहरुले राखेको कल्स इन एडभान्स रकमलाई संस्थापक शेयरधनीहरुको चुक्तापूँजीमा समायोजन गर्न समेत सभाले अनुमति प्रदान गर्नेछ । साथै प्राप्ती पश्चात संस्थापक र सर्वसाधारण शेयरपूँजीको अनुपात मिलाउने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ जारी गर्ने विषय पनि सभामार्फत अनुमोदन गराउने कम्पनीको तयारी छ । अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृया अघि बढाउँन आवश्यक भएमा त्यसको सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस