aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढ्यो

 काठमाडौं । मंगलवारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य बिहीवार १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य निरन्तर उच्च दरमै बढीरहेको छ । बुधवार प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ३६० पुगेको कम्पनीको बिहीवार कारोबारको पाँच मिनेटमै प्रतिकित्ता रू. ३६ ले बढेर अन्तिम मूल्य रू. ३९६ कायम भएको हो । 

कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा पनि उच्च बृद्धि भएको हो । कारोबारको दश मिनेटको अवधिसम्म कम्पनीको २ लाख १६ हजार ८७२ कित्ता शेयर खरिद माग रहेको छ । यो अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस