
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गते (भोली) देखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले २९ लाख कित्ता आईपीओ विक्रीको तयारी गरेको छ । कुल कित्तामध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी २६ लाख ९७ हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।
यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रू. २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ
प्रतिक्रिया दिनुहोस