aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

नेपाल-भारत यातायात सञ्चालनको सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
नेपाल-भारत यातायात सञ्चालनको सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालभारतका नाका भएर चल्ने यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको सीसीएमसीकास बैंठकले कोरोना महामारीको प्रकोपमा नेपाल भारत सिमाबाट यातायातको खुला गर्ने सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्ले यातायात सञ्चालनको अनुमति दिएमा  नेपाल–भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालन हुनेछन् । बिहीबार बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । 

नेपाल–भारत सिमानामा भन्सार तिरेर सञ्चालन हुने यातायात समेत चलाउन दिने सिफारिस गरिएका सीसीएमसीले जनाएको छ । सीसीएमसीले नेपाल भारत सिमा भएर सञ्चालन हुने यातायातमा यात्रा गर्ने यात्रुका लागि कोभिड १९ प्रोटोकल पालना गर्न पर्ने छ सीसीएमसीका सचिव खगराज बरालले बताए । स्वास्थ्य मापदण्डमा ७२ घण्टाअगाडिको पीसीआर रिपोर्टमा नेगेटिभ आएको हुनुपर्ने व्यवस्था रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस