aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिंगटी हाइड्रोको आईपीओमा आजबाट आवेदन दिन पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ चैत्र २०७७
सिंगटी हाइड्रोको आईपीओमा आजबाट आवेदन दिन पाइने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गते आज (शुक्रबार)देखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले २९ लाख कित्ता आईपीओ बिक्री ुला गरेको हो । कुल कित्तामध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी २६ लाख ९७ हजार कित्ता सार्वजनिक निष्कासन गरेको हो । 

यो आईपीओ छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म बिक्रीमा रहनेछ । आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । 

यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ 

प्रतिक्रिया दिनुहोस