
दुई कम्पनीको साधारण सभा बुधबार असार ११ गते एकैसाथ हुने भएको छ । ति अपर तामाकोशी हाइड्रोपावर र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको असार ११ गते ११ बजे हुने भएको छ ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ११ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन छलफल र संचालनको निर्वाचन हुने भएको छ । सभाका लागि बुक क्लोज जेठ २१ गतेदेखि असार ११ गतेसम्म बन्द रहेको छ । उक्त सभामा जेठ २० गतेसम्म कायम शेयधनीमात्र सहभागी हुन सक्नेछन् ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको पनि ११ औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा हुने भएको छ । सभामा १२ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६३१६ प्रतिशत नगद लाभांश र हकप्रद शेयर पारित गर्ने भएको छ । सभाका लागि बुक क्लोज जेठ २८ गतेदेखि असार ४ गतेसम्म बन्द गरेको थियो । उक्त लाभांश जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस