aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पहिलो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीले गर्यो २ अर्बभन्दा बढी बीमाशुल्क आर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ चैत्र २०७७
पहिलो त्रैमासमा नेपाल पुनर्बीमा कम्पनीले गर्यो २ अर्बभन्दा बढी बीमाशुल्क आर्जन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण चैत ६ गते सार्वजनिक गरेको छ । उक्त अवधिसम्म कम्पनीले रू. २ अर्ब करोड ४० करोड ७४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ३९ दशमलव ४७ प्रतिशत बढी भएको हो । गत वर्ष कम्पनीले उक्त अवधिसम्म रू. १ अर्ब ७२ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको हाल रू. १० करोड चुक्तापूँजी रहेको छ भने जगेडा कोष रकम जीवन बीमा व्यवसायतर्फ रू. ५९ करोड १० लाख ६५ हजार र निर्जीवन व्यवसाय तर्फ रू. २ अर्ब ७५ करोड ४६ लाख ३३ हजार छ । गत वर्षको तुलनामा जगेडा कोष रकममा बृद्धि भएको छ । गत वर्ष जीवन बीमा व्यवसायतर्फ रू. ४३ करोड ५७ लाख ६८ हजार रहेको थियो भने निर्जीवन बीमा व्यवसायतर्फ रू. १ अर्ब ७८ करोड ३९ लाख ४५ हजार थियो ।

बीमाकोष रकम भने निर्जीवन बीमा व्यवसायतर्फ मात्र कायम गरिएको छ । गत वर्ष रू. १ अर्ब ४७ करोड ५० लाख ९१ हजार रहेको बीमा कोष रकम यस वर्ष रू. २ अर्ब ३ करोड ५३ लाख ४ हजार पुगेको छ ।

कम्पनीको वित्तीय अवस्था जीवन बीमातर्फभन्दा निर्जीवन बीमा व्यवसायतर्फ मजबुत रहेको देखिन्छ । यस वर्ष निर्जीवन बीमा व्यवसायबाट रू. ५० करोड ८४ लाख ३ हजार आम्दानी गरेको कम्पनीले जीवन बीमा व्यवसायबाट रू. ८ करोड १८ लाख २२ हजार आम्दानी गरेको छ ।

खुद नाफा पनि निर्जीवन बीमा व्यवसायतर्फकै बढी रहेको छ । निर्जीवन बीमा व्यवसायबाट यस वर्ष रू. ३३ करोड ७८ लाख ६४ हजार खुद नाफा गरेको कम्पनीले जीवन बीमा व्यवसायबाट रू. ५ करोड ४५ लाख यो नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष निर्जीवन बीमा व्यवसायतर्फकोे नाफा भने घटेको हो । गत वर्ष कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३७ करोड ९४ लाख ७ हजार र जीवन बीमा व्यवसायबाट रू. २ करोड ८० लाख ९३ हजार खुद नाफा गरेको थियो ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. ५४ करोड ५९ लाख कुल दाबी भुक्तानी गरेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म रू. ३३ करोड ५० लाख थियो । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६९ र प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ८१ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस