
काठमाडौं । विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशनमा कडाइ गर्ने तयारी गरेको छ । स्रोतका अनुसार आयोगले जलविद्युत् कम्पनीले आईपीओ जारी गर्नुपूर्व मुख्य संरचनाको ५० प्रतिशत काम पूरा गर्नुपर्ने नियम ल्याउन लागेको हो ।
त्यस्तै हकप्रदलगायतका शेयर जारी गर्दा आईपीओ निष्काशन गरेको पाँच वर्ष पुग्नुपर्ने व्यवस्थासमेत गर्न लागिएको जनाइएको छ । जलविद्युत् क्षेत्रमा नियमक निकाय नहुँदा प्रवद्र्धकहरुले सर्वसाधारणको लगानीमा मनपरी गर्ने गरेको गुनासो आउने गरेको थियो । आयोग गठन भएपछि सर्वसाधारणको लगानी सुरक्षा गर्न अग्रसर भएको बताइएको छ ।
जलविद्युत् कम्पनीलाई सुनको अण्डा पार्ने भनेर व्याख्या गरिए पनि पछिल्ला दिनमा जलविद्युत् कम्पनीमा लगानी गर्नेहरु डुबेको स्थिति छ । एक दुई वटा कम्पनीबाहेक अधिकांश कम्पनीको मूल्य अहिले आईपीओभन्दा कम रहेको छ भने धेरैले लाभांशसमेत दिन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस