aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

अग्नि ग्रुपले नेपाल भित्र्यायो जावाका मोटरसाइकल, देशभरका सबै शोरूममा उपलब्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ चैत्र २०७७
अग्नि ग्रुपले नेपाल भित्र्यायो जावाका मोटरसाइकल, देशभरका सबै शोरूममा उपलब्ध

काठमाडौं । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि गुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस, सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जावाका मोटरसाइकल आजबाट नेपालका सबै शोरूममा उपलब्ध जनाएको हो । 

मोटरसाइकलका शोखिनहरूले अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्ने छन् । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन्, जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङका प्रस्तुत गरिएको थियो । यसको डिजाईन र प्रदर्शनको कारण मोटरसाइकल शोखिनहरूको मन जित्न सक्षम भएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याइ, सम्पूर्ण नेपालमा आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ ।

जावा पेराक बीएस,सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड डीओएचसी इन्जिनसहित आएको छ । जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी, टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ।

स्टाइल अनुसार पेराक बबर बाइक हो। यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ । जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार एन्ड मिरर, काटिएको फेडर्स र काटिएको निकासा पाइप (चप्ड फेडर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोर्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख,५० हजार रहेको छ । यसको खरिद गर्नका लागी पेराक अनलाइन पनि आधिकारिक वेबसाइटमा बुक गर्न सक्छौं ।

बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भने, ‘सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरू ( जावा र जवा फोर्टी टु )भन्दा बिलकुलै फरक देखिन्छ र यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्ने हुनसक्नेछ भन्नेमा हामी निश्चित छौं ।

सहर र राजमार्गहरूमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनु भन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकिलप्रेमीहरूमाझ सफल हुनेमा हामी विश्वस्त छौं।’

प्रतिक्रिया दिनुहोस