aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने

प्रुडेन्सियल इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत् हकप्रद शेयर जारी गर्ने भएको छ ।

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो । मंगलबार बाराको सिमरामा विशेष साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको विशेष साधारण सभाबाट चुक्ता पूँजीको ६०५ हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको हो । 

साविक ६४ करोड  १५ लाख २० हजार चुक्ता पूँजीबाट हकप्रद शेयर जारी  पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस