aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एफपीओ विक्रीको प्रस्ताव गर्दै समीट लघुवित्तले चैत २९ गते बोायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
एफपीओ विक्रीको प्रस्ताव गर्दै समीट लघुवित्तले चैत २९ गते बोायो साधारण सभा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ६ गतेको सञ्चालक समितिको बैठकले आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस, तनहूमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।  

सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार अघि बढाएको कम्पनीले दुबै कम्पनीको गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन पारित गर्नेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । 

सजिलो लघुवित्त वित्तीय संस्थासँगको मर्जरपश्चात संस्थापक शेयर र सर्वसाधारण शेयरको पूँजी अनुपात मिलान गर्दा नपुग भएको ६ लाख कित्ता सर्वसाधारण तर्फको शेयर प्रिमियम थप गरेर सार्वजनिक गर्ने प्रस्ताव सभाले गरेको छ । सभाले सञ्चालक समितिको सेवा सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

समीट र सजिलो लघुवित्त एक भई गत असोज ६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । समीट लघुवित्तले अघिल्लो आर्थिक वर्ष ०७५÷७६ को सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड ४३ लाख रहेको छ । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १४ करोड ४७ लाख ६५ हजार कायम भएको छ । यो अवधिसम्म रू. १ अर्ब ५ करोड ५० लाखभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले रू. ३ अर्ब ४० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले रू. ४ करोड २४ लाख ८१ हजार खुद नाफा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस