
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले चैत २८ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । गायत्री कुञ्ज, जानकी चोक, जनकपुरधाममा विहान १० बजे कम्पनीले सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन् ।
अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यस सम्बन्धि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभाका लागि कम्पनीले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस