aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने चैत ९ गते सोमवार अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त साधारण सभाका लागि चैत १० गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ९ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

यस वर्ष महुली लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश तिवरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले उक्त प्रस्ताव पारितका लागि चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय, सप्तरीमा विहान ११ बजे सभा गर्न लागेको हो । 

लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय प्रतिवेदन सहित चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साथै, प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट चार र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ गरी ६ सञ्चालकको निर्वाचन समेत गर्नेछ । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 

त्यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्र्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारितका लागि चैत २० गते १९ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । होटल मोनालिसा सौराहा, चितवनमा सभा बोलाईएको हो । सभाले लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस