aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अरुणभ्याली हाइड्रोपावरको हकप्रद प्रयोजनका लागि मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ चैत्र २०७७
अरुणभ्याली हाइड्रोपावरको हकप्रद प्रयोजनका लागि मूल्य समायोजन

काठमाडौं । सोमवार अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कम्पनीले निष्कासनको तयारी गरेको ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि चैत ९ गते एक दिन बुक क्लोज गरेकाले नेप्सेले हकप्रद शेयरपछिको मूल्य तोकेको हो । 

नेप्सेले कम्पनीको आइतवार कायम अन्तिम मूल्य रू. ३१३ को आधारमा रू. २४२ मूल्य तोकेको हो । हकप्रद शेयर निष्कासनको मिति भने हालसम्म कम्पनीले तय गरेको छैन् । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री गर्न फागुन २५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । शतप्रतिशत हकप्रद शेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । 

कम्पनीले गत असोज २१ गते हकप्रद शेयर विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ । यो हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस