
काठमाडौं । आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले उक्त प्रस्ताव हटाएर सोमवार पुनः सुचना प्रकाशन गरेको छ ।
कम्पनीले आइतवार प्रकासित सुचनामा अन्यथा भएको भन्दै शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव हटाएर सुचना सार्वजनिक गरेको हो । आइतवार कम्पनी चैत २९ गते दोस्रो वार्षिक साधारण सभा आव्हानको सुचनामा शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको थियो ।
संस्थाको आफ्नै भवन लम्कीचुहा, कैलालीमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै सञ्चालक समितिको भक्ता र सुविधा बृद्धि गर्ने प्रस्ताव पनि गरेको थियो । हकप्रद पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोही बमोजिम प्रवन्धपत्रका सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको थियो । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै विषय थपघट गर्न आवश्यक भएमा सोको जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्ने आइतवारको सुचनामा उल्लेख थियो ।
साथै अन्य कुनै संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ती कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी लगाएतका सम्पूर्ण कार्यको अख्तियारी समेत सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्ने तयारी पनि कम्पनीको थियो । हकप्रद वाहेकका अन्य सबै प्रस्ताव सहित कम्पनीले पुनः सोमवार सुचना सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस