
काठमाडौं । मोटरहेड ब्राण्डको बाइकका लागि नेपालको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले कर्मचारी र डिलर पार्टनरलाई मोटिभेसनल ट्रेनिङ दिएको छ । नेमोटिभेसनल कोच अनन्तराज घिमिरेले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ । काठमाडौंको दक्षिणकालीस्थित छैमली रिसोर्टमा शुक्रबार र शनिबार कार्यक्रम भएको हो ।
ग्राहकसँग बिक्रीमा मात्रै केन्द्रित नभइ दीगो सम्बन्ध कायम गरेर बिक्री प्रवद्र्धनमा जुट्न ऊर्जा प्रदान गर्ने उद्देश्यले कम्पनीले कर्मचारी र डिलरलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको प्रालिका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए । मोटरहेड ब्राण्डका बाइकप्रति नेपाली बजारमा ग्राहकको आकर्षण देखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस