aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । चैत ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने चैत १० गते आज (मंगलबार) अन्तिम दिन रहेको छ । छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा ढिलो अवधि चैत २० गतेदेखि यो शेयर निष्काशनमा रहने थियो । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि चैत १० गतेसम्म मात्र विक्री खुला गर्न लागेको कम्पनीले जनाएको छ । 

कम्पनीले आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहमागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट  २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १००  रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया दिनुहोस