aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्योदय लघुवित्तले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
सूर्योदय लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३१ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । विहान ८ बजे सहयात्री पार्टी प्यालेस पुतलीबजार, स्याङ्जामा कम्पनीले सभा बोलाएको हो ।  सभाले गत वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १६ दशमलव १६ प्रतिशत लाभांश समेत पारित गर्नेछ । 

यस वर्ष कम्पनीले १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिन लागेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. २१ करोड ५० लाख ४२ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले बोनस शेयर वापत रू. ३ करोड ३० लाख र नगद लाभांश वापत रू. १७ करोड ३६ हजार ८४२ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी ६ जनाको निर्वाचन समेत गर्नेछ । संस्थाको पूँजी संरचना संस्थापक तर्फ ३० प्रतिशत कायम गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । हाल कम्पनीमा संस्थापकतर्फ ७८ दशमलव २५ प्रतिशत र सर्वसाधारणतर्फ २१ दशमलव ७५ प्रतिशत शेयर स्वामित्व कायम गरेको छ । 

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा गएमा सो सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभामा सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकहरुको बैठक भक्ता लगाएतका अन्य सुविधाहरु बृद्धि गर्ने विषय पनि छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस