aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रू रू जलविद्युत परियोजनाको आईपीओ स्थानियलाई बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
रू रू जलविद्युत परियोजनाको आईपीओ स्थानियलाई बाँडफाँट

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई चैत ९ गते आईपीओ बाँडफाँट गरेको हो । 

कम्पनीले फागुन ७ गतेदेखि २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि प्रतिशेयर रू. १०० अंकित दरको ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । स्थायिन र आम सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । कम्पनीले आम सर्वसाधारणका लागि पनि ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्नेछ । स्थानिय सहित सर्वसाधारणमा रू. ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो । 

यस कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रू रू जलविदुत परियोजना निर्माण गरि २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । उक्त आयोजनाबाट प्रतिदिन ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भैरहेको कम्पनीको भनाई छ ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्म यस आयोजनाले रू. ५ करोड १२ लाख ४८ हजार बराबरको विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई विक्री गरेको छ । जुन गत आवको तुलनामा रू. ४ लाख ६६ हजार बढी रहेको कम्पनीको भनाई छ । गत आर्थिक वर्षको अन्त्यसम्म रू. ६ करोड १४ लाख ४७ हजार खुद नाफा गरेको यस कम्पनीको उक्त अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ रहेको छ । 

प्रतिक्रिया दिनुहोस