aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बोनस शेयर पारित गर्न आरम्भ चौतारीले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
बोनस शेयर पारित गर्न आरम्भ चौतारीले बोलायो साधारण सभा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न चैत १० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । विहान ११ बजे पञ्चकन्या बेन्क्वेट्, बनेपा, काभ्रेपलाञ्चोकमा सभा बोलाईएको हो ।

सभाले प्रस्तावित ८ दशमलव ८५ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजी रू. २ करोड ३३ लाख १५ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।

यस कम्पनीले बिपिडब्लु लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धी सहमति पत्रलाई पनि सभामार्फत स्व्ीकृति प्रदान गर्नेछ । यी कम्पनीहरुलाई प्राप्ती गर्न गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ । दुबै कम्पनीलाई १००ः९५ः९५ को अनुपातमा आरम्भ चौतारीले प्राप्ती गर्न लागेको हो ।

हाल कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६३ दशमलव ६५ प्रतिशत र सर्वसाधारणतर्फ ३६ दशमलव ३५ प्रतिशत रहेकाले दुबै कम्पनीलाई प्राप्ती पश्चात संस्थापकतर्फ ६८ दशमलव ३० प्रतिशत र सर्वसाधारण तर्फ ३१ दशमलव ७० प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाको लागि तय भएको छ । यी दुई कम्पनीलाई प्राप्ती गर्ने प्रकृयाका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 
साथै, सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । ुसाधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुक क्लोजको आधारमा चैत १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस