aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
गुराँस लघुवित्तको आईपीओ निष्कासन, बैशाख १६ देखि आवेदन खुला

गुराँस लघुवित्तको आईपीओ निष्कासन, बैशाख १६ देखि आवेदन खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
गुराँस लघुवित्तको आईपीओ निष्कासन, बैशाख १६ देखि आवेदन खुला

काठमाडौं ।गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर(आईपीओ) निष्कासन गरेको छ । यो वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरका २ लाख ५० हजार कित्ता शेयर मध्ये ३ हजार ८ सय ७५ कित्ता कर्मचराीलाई र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी २ लाख ३३ हजार ६२५  कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन खुला गरेको हो ।

यो लघुवित्तको शेयर बिक्रीको लागि यही वैशाख १६ गतेदेखि २० गतेभित्रै आवेदन दिनुपर्ने छ । कम्तिमा १० देखि अधिकतम ५ सय कित्ता शेयरको आवेदन दिन पाइने छ । यसको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड हो । 

प्रतिक्रिया दिनुहोस