
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २७ गते आव्हान गरेको २४औं वार्षिक साधारण सभाका लागि चैत १३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाका लागि योग्य हुने भएका हुन ।
कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने प्रस्ताव सभाका लागि तय भएको छ ।
साथै, लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋण कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा कम्पनीको सञ्चालक समितिले फागुन २ गते गरेको निर्णयलाई अनुमोदन सभाले गर्नेछ । यो कम्पनी अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा आवश्यक प्रकृयाका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी समेत दिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस