aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

कुजु नेपालद्वारा डिएफएसके ग्लोरीको एड्भान्स सिरिज गाडी सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ चैत्र २०७७
कुजु नेपालद्वारा डिएफएसके ग्लोरीको एड्भान्स सिरिज गाडी सार्वजनिक

काठमाडौं । कुजु नेपाल प्रालिले डिएफएसके ग्लोरीको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजनिक गरेको छ । उद्योग मन्त्री लेखराज भट्टले बुधबार एक समारोहका बीच सो गाडी सार्वजनिक गरेका हुन् ।

कुजु नेपाल प्रालिले यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी नेपालमा बिक्री गर्दै आएको थियो । कुजु नेपाल प्रालिले अब नयाँ मोडल आई–अटो थप भएको  गाडी विक्री गर्न लागेको छ ।

आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो, यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ । ग्लोरी आई–अटोले ७ सिटर इन्टेलीजेन्ट एसयूभी उपमा पाएको छ । यो एसयूभी नेपाल बजामार उपलब्ध समान मूल्यका भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण रहेको छ । डिएफएसकेका एसयूभी लग्जरी तथा उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित छ । 

इन्टेलिजेन्स एसयूभी ग्लोरी आई–अटोमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता पाउन सकिन्छ । यसको सहायताले हाइ ग्लोरी कमाण्ड दिएर गाडीलाई सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेशन, कनेक्टिभिटी फिचर सञ्चालन गर्न सकिन्छ । 

यस एसयूभीमा बसेपछि फोनबुकमा नम्बर खोजेर डायल गरिरहनु पर्दैन । फोन गाडीसँग कनेक्ट भएपछि सजिलै भ्वाइस कमाण्डबाटै डायल गर्ने, फोन उठाउने, फोन कल हिस्ट्री हेर्ने आदी काम गर्न सकिन्छ । मिडियो कमाण्डबाट म्युजिक चलाउन र बन्द गर्न, साउण्ड बढाउन वा घटाउने काम बोलेरै गर्न सकिन्छ । 

ग्लोरी आई स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इञ्जिन दिइएको छ । उक्त इञ्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा नेपाल आउने छ । यसको मूल्य ८९ लाख ५० हजार रुपियाँ निर्धारण गरिएको कुजु नेपाल प्रालिले जनाएको छ । 
  

प्रतिक्रिया दिनुहोस