aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

विद्युतीय कारमा टेस्लालाई चिनियाँ कारले उछिन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ चैत्र २०७७
विद्युतीय कारमा टेस्लालाई चिनियाँ कारले उछिन्यो

एजेन्सी । विश्वमा सस्तो विद्युतीय कार निर्माता कम्पनी टेस्लालाई चिनियाँ कम्पनीले उछिनेको छ । टेस्लाको सबैभन्दा प्रख्यात विद्युतीय कार टेस्ला मोडल ३ लाई चीनको हङकङ स्थित चिनियाँ विद्युतीय कार निर्माता कम्पनी हङकङ गोउंगको साइकले विद्युतीय कारहरुको विक्रीमा ठूलो फड्को मारेको छ । चिनियाँ कम्पनीले जनवरीमा मात्र ३६ हजार प्रति कार बेचेको छ ।

चिनियाँ कारको तुलनामा टेस्लाको कार जम्मा २१ हजार प्रति मात्र विक्रि भएको छ । यो कार धेरै विक्रि हुनुमा यो कारको मूल्य रहेको छ । यसको मूल्य ४ हजार ५ डलर मात्र रहेको छ । त्यस्तै,  ३८ हजार डलर रहेको छ ।

चिनियाँ साइटको व्हीलबेस ७६.४ इन्च रहेको छ र यसको तौल ६६५ किलो ग्राम रहेको छ । यसको प्रति किलोग्राम माइलेज १७४ किलोमिटर रहेको छ ।  टेस्लाको व्हीलबेस ११३ इन्च रहेको छ । यसको तौल १ हजार ५ सय ८७ किलोग्राम रहेको छ । यसको रेन्ज ४०२ किलोमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस