
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र नेपाल इन्जिनियर्स एशोसियसन बीच २०७६ श्रावण १ गते समझदारी गरी एशोसियसनमा आवद्ध इन्जिनियरहरुको प्रतिव्यक्ति १० लाख बीमांक कायम रहने गरी सामूहिक दुर्घटना बीमा गरिएको थियो ।
यस बीमामा आवद्ध एशोसियसनका आजिवन सदस्य ई. परमानन्द चौधरीको गत २०७७ माघ २५ गते मकवानपुर जिल्लाको भिमफेदीमा सवारी दुर्घटनामा परि मृत्यू भई कम्पनीमा बीमा दावी परेको थियो । पिडित परिवारलाई दुर्घटना बीमा अन्तर्गत मृतकको हकवाला (बुवा) भगवान चौधरीलाई रु. १० लाख (बीमांकको शत प्रतिशत) दाबि भुक्तानीको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनी लि. को परिसरमा आयोजना गरिएको बीमा दावि भुक्तानी कार्यक्रममा मृतक इन्जिनीयरका हकवाला तथा एशोसियसनका अध्यक्ष इ.प्रा.डा. त्रिरत्न बज्राचार्य, कोषाध्याक्ष इ. राम एकवाल यादव लगायतका प्रतिनिधि र राष्ट्रिय बीमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल, अण्डरराइटिंग विभाग प्रमुख सृजना पन्त, दावि विभाग प्रमुख सुजन सुवेदी तथा बजार विभाग प्रमुख हिरा कुमारी बर्तौला लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले यस बीमा कार्यक्रमबाट पिडित परिवारलाई केहिहदसम्म भएपनि आर्थिक क्षतिपूर्ति प्रदान गर्न सकिएको र आगामी दिनमा यस्तो प्रकारको बीमा सहकार्य कायम रहिरहने तथा बढि भन्दा बढि सदस्य इन्जिनीयरहरुलाई बीमाको दायरामा ल्याई वास्तविक पिडितलाई क्षतिपूर्ति दिलाउने अपेक्षा सहितको प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस