
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको चैत ११ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल क चुक्तापूँजी रू. १ अर्ब रहेको छ । सोही पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाल पारित गरेपछि लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
प्रतिक्रिया दिनुहोस