aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साना किसान लघुवित्तको अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
साना किसान लघुवित्तको अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रबार अन्तिम दिन

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गतेदेखि विक्रीमा ल्याएको पाँच वर्ष पुरानो अवितरित हकप्रद शेयरमा बोलकबोल गर्ने शुक्रवार अन्तिम दिन रहेको छ । कम्पनीले १२ हजार ४४२ कित्ता अवितरित हकप्रद शेयर चैत १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी बिक्री खुला गरेको हो । 

कम्पनीले यस अघि २०७२ साल मंसिर २५ देखि पुस ३० गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको ३ हजार ३६८ र सर्वसाधारण तर्फको ९ हजार ७४ कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

उल्लेखित शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सर्वसाधारण तर्फको शेयरको हकमा इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले र संस्थापक तर्फको शेयरको हकमा संस्थापकहरुले आवेदन दिन सक्ने व्यवस्था छ । 

बोलपत्र चैत १३ गते अपरान्ह १ बजेभित्र नबिल इन्भेष्टमेण्ट बैंंकिङ लिमिटेड, नक्साल काठमाडौं र साना किसान विकास लघुवित्तको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, बुटवल, गजुरी, पोखरा, बीरेन्द्रनगर र बर्दिबासको शाखा कार्यालयहरुमा बुझाउँन सकिनेछ । बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस