
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते भोली (शुक्रवार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो ।
यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
कम्पनीको आईपीओमा १८ लाख ३२ हजार ९५८ जनाको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यी आवेदकहरुबाट ३ करोड ८९ लाख ९६ हजार ५५० कित्ता शेयर माग भएको हो । मागभन्दा ६ दशमलव ५६ गुणा आवेदन परेको यस कम्पनीको आईपीओ १२ लाखभन्दा बढी लगानीकर्ताहरुले नपाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस