_20210325164955.jpg)
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको छ । कम्पनीले जारी गर्न लागेको २४ लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त नियुक्ति सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको हो । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।
माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस