aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखको मृत्यु दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखको मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको  मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट अधिकारीको परिवारलाई मृत्यु दाबी बिहिबार ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमती इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीको अनुसार अधिकारीले २०७५।०६।२१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । निधन भएको बीमितले बीमा शुल्क बापत ३ वर्षको अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस