
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिउसो १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।
विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८३५ योग्य आवेदकको हात खाली भएको हो ।
कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि बाँडफाँट पश्चात आम सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरिएको हो ।
यस कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाई छ । कुल आवेदकमध्य ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको समेत क्यापिटलले जानकारी दिएको हो । कुल आवेदकमध्य १२ लाख ४८ हजार ४८० जनाले शेयर नपाएका हुन ।
जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार रुपैयाँ छ । दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ यस कम्पनीको पहिलो कारोबारका लागि १३२ दशमलव ९४ रुपैयाँदेखि ३९८ दशमलव ८२ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस