
काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका शेयरको बाँडफाँटको नतिजा चार माध्यबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ । यस अघि विभिन्न सञ्चार माध्यमलाई पनि उपलब्ध गराउँदै आईएको आईपीओ नतिजा लगानीकर्ताकै आग्रहमा सम्बन्धीत निकायको वेवसाइटमार्फत मात्र हेर्न सकिने व्यवस्था गरिएको हो ।
लगानीकर्ताहरुले आईपीओ बाँडफाँटको नतिजा विभिन्न सञ्चार माध्यमहरुलाई उपलब्ध गराएर गोपनियता भंग भएको गुनासो गरेपछि सिडिएससीले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँन छोडेको हो । अब सम्बन्धित कम्पनीको र विक्री प्रबन्धकको वेवसाइट र सिडिएससीको मेरो शेयरसँगै सिडिएससीले निर्माण गरेको नयाँ वेवसाइट आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपी (www.iporesult.cdsc.com.np) बाट आईपीओ बाँडफाँटको नजिता हेर्न सकिने भएको हो ।
ज्योति लाईफ इन्स्योरेन्सको लागि सिडिएससीको नयाँ व्यवस्था अनुसार कम्पनीको वेवसाइट, विक्री प्रबन्धक एनएमबि क्यापिटलको वेवसाइट र मेरो शेयर सफ्टवेयर सँगै आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपी बाट नतिजा हेर्न सकिने भएको हो । बाँडफाँटको नजिता अपलोडका लागि केहि समय लाग्ने भएकाले लगानीकर्ताहरुलाई धैर्य भएर प्रतिक्षा गर्न समेत सिडिएससीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस