aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागरिक लगानी कोषको अवितरित हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
नागरिक लगानी कोषको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । नागरिक लगानी कोषले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कोषले गत फागुन २१ गतेदेखि चैत चैत २ गतेसम्म सर्वसाधारण तर्फको ३ लाख ५४ हजार १५० दशमलव शून्य ५ कित्ता अवितरित हकप्रद शेयर विक्री गरेको हो । 

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र चैत ७ र ८ गते विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा खोली चैत १४ गते बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको रकम चैत १७ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै फिर्ता भुक्तानी गरिने कोषले जानकारी दिएको छ । बाँडफाँटमा परेको शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात सम्बन्धित आवेदकको हितग्राही खातामा जम्मा गरिने समेत कोषले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस