
काठमाडौं । ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै बैशाख ७ गते वार्षिक साधारण सभा आव्हान गरेको अजोड इन्स्योरेन्सको शेयरमूल्य मंगलवार सर्किट लेभलमा बढेको छ ।
कारोबारको १० मिनेटमै कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ८५३ कायम भएको हो । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७ ले बढेको हो । सोमवार पनि कम्पनीको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशत बढेको थियो ।
मंगलवार हकप्रदको प्रस्ताव सार्वजनिक गरेको कम्पनीको सोमवार पनि मूल्यमा उच्च बृद्धि हुनुलाई आम लगानीकर्ताहरुले सुचना चुहावट गरी इन्साइडर ट्रेडिङ गरेको आरोप लगाएका छन् ।
सोमवार पनि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७० ले बढेर अन्तिम मूल्य रू. ७७६ कायम भएको थियो । कम्पनीको चैत १६ गतेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस