aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

यामाहा नेपालको फ्रिडम इनिसिएटेड योजनामा २०.७८ लाख जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
यामाहा नेपालको फ्रिडम इनिसिएटेड योजनामा २०.७८ लाख जित्न सकिने

काठमाडौं । यामाहा नेपालले नयाँवर्ष २०७८ को लागिआफ्नो प्रवद्र्धनात्मक फ्रिडम इनिसिएटेड (एफआइ) नयाँवर्ष २०७८ योजना अघि ल्याएको छ । नवउत्सवलाई ज्यादा रोमाञ्चक एवं बृहत् बनाउँदै यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २०.७८ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । 

साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्नेछन् । ग्राहकवर्गहरुलाई थप सुविधादिने उद्धेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजनापनि प्रस्तुत गरेको छ, जस अनुसार मोटर साइकलतथा स्कूटरहरु ० प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून ई.याम.आई.सुविधाका साथ पाउन सकिने कम्पनीले जनाएको छ । 

नयाँ वर्षका प्रवद्र्धनात्मक योजनाका बारेमा जानकारी दिंदै यामाहा नेपालको सिइओ चिरञ्जिवि शाह भन्छन “कोभिडले हामी सबैलाई २०७७ अत्यन्त कठिन तथा संकुचित बातावरण बनाई दिएको थियो । बितेको त्यो वर्षको कटु अनुभवलाई थाँती राखी हामी अब आउँने नयाँवर्ष २०७८मा उत्साह र खुशीयाली लिएर आउने अपेक्षा गरेका छौं ।’’

उनले भने, ‘‘सोही अपेक्षालाई दृष्टिगत गरेर हामीले जुन योजना अघि सारिरहेका छौं, त्यसले हाम्राआदरणीय ग्राहकहरुमा थप खुशीयाली ल्याउने तथावर्ष २०७८ मा स्वतन्त्रताको पहललाई नेतृत्वगर्ने अपेक्षा गरेका छौं । हाम्रासवारी साधनका दायराहरु आधुनिकरण गर्दै, एफआइप्रविधि जडित छन् । हामीले ग्राहकहरुलाई हाम्रा विविध उत्पादनहरुको माध्यमबाट प्रदानगर्न चाहेको अद्भूत अनुभव भनेको नै त्यै हो । हाम्रा उत्पादन तथा उपहार योजनाबाट धेरै भन्दा धेरै  ग्राहकहरुले फाईदा लिनहुने छ भन्ने हामीलाई विश्वास छ ।”

यामाहा नेपालमा फ्युलइन्जेक्टेड मोटर साइकल र फ्युलइन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा अग्रणी रहँदै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस