aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद निष्कासन गर्न एचआईडिसीएलले दियो बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
हकप्रद निष्कासन गर्न एचआईडिसीएलले दियो बोर्डमा निवेदन

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले हकप्रद निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो ।

कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा ११ अर्ब रुपैयाँबराबरको हकप्रद निष्कासन गर्न गत चैत १२ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद निष्कासन गर्ने भएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

प्रतिक्रिया दिनुहोस