
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ८५ प्रतिशत बोनस विवरण गर्न असार ३१ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले असार १० गते बसेको संचालनक समितिको बैठकाबाट ८४ प्रतिशत बोनसका दरले ४९ करोड ५ लाख ६० हजार रुपैयाँ दिने निर्णय भएको हो ।
कम्पनीको २५ औं वार्षिक साधारण सभा ३१ गते बिहान १० बजे नक्साल बैंक्वेट, नक्साल काठमाडौंमा हुनेछ । प्रस्तावित ८४ प्रतिशत बोनस शेयरपछि प्रिमियरको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको सञ्चालक समितिले भने ७९ दशमलव ७९५ बोनस शेयर र ४ दशमलव २०५ नगद लाभांश दिने घोषणा गरेको थियो । यसैगरी, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।
साधारण सभाका लागि कम्पनीले असार २० गतेदेखि असार ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । उक्त लाभांश असार १९ गतेसम्म कायम रहने शेयरधनीले मात्र पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस