aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बुधवार पनि अजोड इन्स्योरेन्सको शेयरमूल्य उच्च दरमा बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
बुधवार पनि अजोड इन्स्योरेन्सको शेयरमूल्य उच्च दरमा बढ्यो

काठमाडौं । चैत १७ गते सोमवारदेखि उच्च दरमा बढेको अजोड इन्स्योरेन्सको शेयरमूल्यले बुधवार पनि निरन्तरता पाएको छ । बुधवार कम्पनीको शेयरमूल्य ९ दशमलव ९६ प्रतिशत बढेको हो । प्रतिकित्ता रू. ८५ ले बढेर कम्पनीको अन्तिम मूल्य कारोबारको १० मिनेटमै रू. ९३८ कायम भएको हो । यस अवधिसम्म कम्पनीको २ लाख ६१ हजार ७८६ कित्ता शेयर खरिद माग रहेको छ भने विक्री कर्ता शून्य रहेका छन् ।

 कम्पनीले मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासनको विषयमा सुचना चुहावट भएको भन्दै लगानीकर्ताहरुले महनगरिय प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दिएका छन् ।

मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिन कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढेकाले भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ७ जना बिरुद्ध लगानीकर्ताहरुले उजुरी दिएका हुन । 
 

प्रतिक्रिया दिनुहोस