
काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले गत फागुन २८ गतेदेखि चैत १३ गतेसम्म अवितरित हकप्रद शेयर खरिदका लागि आव्हान गरेको बोलपत्र चैत २० गते खोल्ने भएको छ । कम्पनीले २०७६ साल असार २३ गतेदेखि भदौ ९ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।
कम्पनीले यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकेको थियो । सबैभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्ने आवेदकहरुले शेयर प्राप्त गर्न सक्नेछन् । यो शेयर खरिदका लागि न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । तोकिएको अवधिमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडको कार्यालय सिटिसि मल काठमाडौंमा खोलिने जानकारी कम्पनीले सुचना मार्फत गराएको हो ।
प्रतिक्रिया दिनुहोस