aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एनआरएनएको पहलमा एनआरएन डेभलपमेण्ट फण्ड दर्ता, आईपीओ पनि निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
एनआरएनएको पहलमा एनआरएन डेभलपमेण्ट फण्ड दर्ता, आईपीओ पनि निष्कासन गर्ने

काठमाडौं । आम सर्वसाधारणमा आईपीओ समेत जारी गर्ने गरी गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) ले एनआरएन डेभलपमेण्ट फण्ड नामक कम्पनी दर्ता गरेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा चैत १७ गते उक्त फण्ड दर्ता गरेको जानकारी गैरवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सामाजीक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका हुन । सरकारको ५ प्रतिशत लगानी रहेको यस कम्पनीमा रू. २ अर्बको प्रतिबद्धता प्राप्त भैसकेको र सो प्रतिवद्धता यसै हप्ताबाट प्राप्त हुन सुरु गर्ने समेत अध्यक्ष पन्तको भनाई छ । 

यस कम्पनीले रू. १० अर्ब बराबरको कोष बनाई नपालको उद्यम व्यवसाय र पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्य लिएको पन्तले बताएका छन् । ८५ प्रतिशत लगानीका लागि गैरआवासिय नेपालीलाई लक्षित गरी प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना सहित अघि बढेको बताउँदै अध्यक्ष पन्तले यस आईपीओमा दशौं लाख नेपाली सहभागी हुने अपेक्षा गरेका छन् ।

संसारभर छरिएर रहेका श्रमिक , व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभा समेत उठाउन पाउने जानकारी पन्तले दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस