aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला सहयात्रा लघुवित्तको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
महिला सहयात्रा लघुवित्तको लाभांश पारित

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्तापूँजी रहेको यस वित्तीय संस्थाले आ.व.२०७६/०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको  छ ।

  आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७/०७८का लागि लेखा परिक्षक नियुक्तगर्ने प्रस्तावपारित गरेको छ । अध्याय रिट्रिट  रिसोर्ट बज्रवाराही मकवानपुरको सभाहलमा बुधबार २०७७ साल चैत्र १८ गते बुधवारका दिन  सम्पन्न भयो । 

सम्पन्न साधारण सभाबाट रिक्त २ जना सर्वसाधारण शेयरधनीकातर्फको संचालकमा  सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ  निर्विरोध निर्वाचितहुनु भएकोछ । यस वित्तीय संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखा मार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्र्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस