aarthiknews.com विहीबार, २३ जेठ २०८२   Thursday, 05 June, 2025
 

हुन्डाईले ल्यायो नयाँ वर्ष विशेष योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ चैत्र २०७७
हुन्डाईले ल्यायो नयाँ वर्ष विशेष योजना

काठमाडौं । हुन्डाईकालागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले आफ्नो नयाँँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” सार्वजनिक गरेको छ ।   

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत २० हजारदेखि ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस,  एक लाखसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सकिन्छ ।  

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
 

प्रतिक्रिया दिनुहोस