aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कालिका लघुवित्तको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ चैत्र २०७७
कालिका लघुवित्तको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने चैत १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ७ गतेका लागि तय गरेको संयुक्त वार्षिक साधारण सभाका लागि चैत २२ गतेदेखि सभाहुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

 बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन चैत १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका हुन । कम्पनीले होटल टास्क इन्टरनेशनलको सभाहल, पोखरामा विहान ८ बजे विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । 

सभाले आर्थिक वर्ष ०७५÷७६ र ०७६÷ ७७ को वार्षिक प्रतिवेदन समेत पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो । गत वष १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत लाभांश कम्पनीले वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश दिन लागेको हो । 

सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पारित गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचनलाई पनि सभाले अनुमोदन गर्ने कार्यक्रम छ ।

कम्पनीको केन्द्रिय कार्यालय पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकमा रहने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र संस्थाको पूँजी संरचना संस्थापकतर्फ ५४ दशमलव ५२ प्रतिशत र सर्वसाधारणतर्फ ४५ दशमलव ४८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

 हाल कम्पनीको पूँजी संरचना संस्थापकतर्फ ६४ दशमलव ५२ प्रतिशत र सर्वसाधारण तर्फ ३५ दशमलव ४८ प्रतिशत रहेको छ । सभाले कम्पनी अन्य कुनै उपयुक्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनमा जाने भएमा सो सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस