
काठमाडौं । चैत १७ गते सोमवारदेखि उच्च दरमा बढेको अजोड इन्स्योरेन्सको शेयरमूल्य बिहीवार पनि उच्च दरमै बढेको छ । यस दिन कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ भने सर्वाधिक रकमको कारोबार पनि यसै कम्पनीको भएको छ । कारोबारको २० मिनेटको अवधिमा अजोड इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशत बढेको हो । प्रतिकित्ता रू. ९३ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ३१ कायम भएको हो ।
यस अवधिसम्म नेप्सेमा रू. २९ अर्ब ९४ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा अजोड इन्स्योरेन्सको सबैभन्दा बढी रकमको कारोबार भएको छ । यस कम्पनीको रू. ७ करोड २८ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो ।
कम्पनीले चैत १७ गते मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । हकप्रद प्रस्ताव सार्वजनिक हुनुभन्दा अघिल्लो कारोबार दिनदेखिनै कम्पनीको शेयरमूल्यमा अस्वभाविक रुपमा उतारचढाब आएको हो ।
प्रतिक्रिया दिनुहोस