
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा ८४ प्रतिशत बोनस शेयर वितरण गर्ने र निर्जीवन व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संचालकलाई प्रदान गर्ने रहेको छ । ८४ प्रतिशत बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीले व्यहोर्नु पर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार २० गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस