aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको बोलपत्र आज खोलिदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयरको बोलपत्र आज खोलिदैं

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको अवितरित हकप्रद शेयर खरिदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । कम्पनीले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको ६ हजार ५८३ कित्ता र संस्थापकतर्फको १५ हजार ९७४ कित्ता शेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।

 तोकिएको अवधिभित्र प्राप्त बोलपत्र विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा दिउसो १ बजे खोलिने जानकारी कम्पनीले गराएको छ ।   
 

प्रतिक्रिया दिनुहोस