
काठमाडौं । नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीका मिति परिवर्तन भएको छ । चौथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनीको मिति सरेको हो । कोभिडको संक्रमित संख्या बढ्रने क्रममा रहेको हुनाले नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै प्रर्दशनीको मिति परिवर्तन गरेको जनाएको छ ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेको स्वास्थ्यलाई मध्यनगर गर्दै २०७८ साल भदौ १८ देखि २० गते को लागि मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ
प्रतिक्रिया दिनुहोस