aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नायिका भट्टराईले गरिन् दोस्रो बिहे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
नायिका भट्टराईले गरिन् दोस्रो बिहे

काठमाडौं – चलचित्र ‘विश्वास’, ‘उनको सम्झनामा’, ‘उपहार’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृति भट्टराईले दोस्रो बिहे गरेकी छिन् । उनले बुधवार (आज) रोहित पौडेलसँग बिहे गरेकी हुन् ।

केही टेलिचलचित्रमा पनि काम गरेकी कृति पहिले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । तर, पछि यी दुईको डिभोर्स भएको थियो ।

खबरका अनुसार रोहित र कृतिले प्रेम विवाह गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त उपस्थित थिए । पछिल्लो समय फिल्म क्षेत्रमा खासै नदेखिएकी कृति सञ्चारकर्मी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस