aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ चैत्र २०७७
आईएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सलि( आइजीआई)ले  शेयर धनीलाई  ७ प्रतिशत बोनस शेयरपछि ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । आईएमई जनरल इन्स्योरेन्सको शु,क्रबार बसेको सञ्चालक समितिको बैंठकले बोनसपछि हकप्रद निष्कासन गर्ने निर्णय गरेको कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलले बताए । उनले भने, कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको बोनस शेयर र ३९ लाख ८६ हजार रुपैयाँ नगद लाभांश पनि वितरण गरेपछि हकप्रद जारी गर्ने निर्णय गरेको छ । 

बैशाख १२ गते २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १० बजे सभा आव्हान गरिएको हो । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तिय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्तिलाई पनि स्वीकृति प्रदान गर्नेछ । 

४० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले आगामी साधारणसभामा लैजानका लागि सार्वजनिक सूचना नै प्रकाशित समेत गरेको उने जानकारी दिए । कम्पनीले २३ औं वार्षिक साधारणसभा बैशाख १२ गते केन्द्रीय कार्यालय नक्सालमा बोलाएको उनले बताए ।

उनका अनुसार कम्पनीले ९ प्रतिशत प्रमोटर शेयर पब्लिक बनाउने र हाल ६० प्रतिशत प्रमोटर शेयर रहेकोमा ९ प्रतिशत पब्लिकमा परिणत गरी ५१ प्रतिशत प्रमोटर र ४९ प्रतिशत सर्वसाधारण बनाउने प्रस्ताव समेत रहेको बताए । आईजीआईको हाल एक अर्ब ८ करोड रुपैयाँ रहेको छ बोनस र ४० प्रतिशत हकप्रद शेयर जारीपछि चुक्तापुँजी एक अर्ब ६२ करोड पुग्ने छ । 

प्रतिक्रिया दिनुहोस